पर्सामा स्कारपियोको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु ।

समाचार

रसीद आलम।पर्सा ,बिरगंज ,फागुन ९।ठोरी गाउँपालिका विजयवस्ती स्थित हुलाकी सडक खण्डमा ठोरीबाट वीरगञ्ज तर्फ आउदै गरेको सेतो रंगको स्कारपियो गाडीको ठक्करबाट एक १३ वर्षीय बालकको  मृत्यु भएको छ  ।

मृत्यु हुनेमा ठोरी गाउँपालिका वडा नं.४ बस्ने वर्ष १३ को विश्वास श्रेष्ठ हुन ।

पर्सा प्रहरीका अनुसार  कोचिङ्ग पढी घर फर्किने क्रममा ठक्कर दिदा निज विश्वास श्रेष्ठको टाउको र शरीरमा गम्भिर चोट लागि घाइते भएको जानकारी  हुन साथ प्रहरी चौकी विजयवस्ती पर्साबाट खटिएको प्रहरी टोलीले गम्भीर घाइते विश्वास श्रेष्ठलाई उपचारार्थ तराइ अस्पताल वीरगञ्जमा ल्याई उपचार हुदाहुँदै निजको मृत्यु भएको हो।

ठक्कर दिई फरार रहेको बाग्मती प्रदेश -०१-०२७ च ०३०३ नम्बरको स्कारपियो र चितवन माडी ३ बस्ने वर्ष २५ को पदम बिलास पन्त नाम रहेको चालकलाई  प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक  दिपक गिरिले जानकारी दिएका छन ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *