काठमाडौ फागुन ११।३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बागमती गाउँपालिका-७ गिम्दी सहुमारी बस्ने ५५ वर्षीय अन्तरे सिंगारलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
बागमती गाउँपालिका-७ गिम्दी काफलडाँडास्थित जंगलमा अन्तरेले ती महिलालाई मंगलबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गिम्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उक्त सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
