बिरगंजमा भन्सार छली ल्याउदै गरेको लत्ताकपडा लोड रहेको ट्रक पक्राउ।

समाचार

रसीद आलम।पर्सा ,फागुन १०।भन्सार छली ल्याउदै गरेको विभिन्न किसिमका लत्ताकपडा लोड रहेको ट्रक पर्सा प्रहरीले पक्राउ गरेको छ ।

फागुन ८ गतेमा वीरगञ्ज महानगरपालिका वडा नं.१६ ईनर्वागाउँ स्थित सडकखण्डबाट अवैध रूपमा भन्सार छली ल्याइएको सर्ट, पाईन्ट तथा सर्टिङ सुटिङका थान कपडाहरू ना.७ ख ७९७७ नम्बरको कन्टेनर मालवाहक ट्रकको चालक बस्ने क्यावीनको सिटमुनी फल्स बटम बनाइ उक्त फल्स बटममा लुकाइ छिपाई जाँदै गरेको अवस्थामा उक्त नम्बरको ट्रकलाई जिल्ला प्रहरी  कार्यालय पर्साबाट खटिएको टोलीले नियन्त्रणमा लिईएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक  दिपक गिरिले जानकारी दिएका छन ।

पर्सा प्रहरीका अनुसार बरामद गरिएका कपडा तथा ट्रकका रू.२१,०७,८००।– ( एकाइस लाख सात हजार आठ सय )  बराबरको मुल्यांकन गरि आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको हो।

साथै विभिन्न स्थानहरूबाट भन्सार छली नेपाल भित्राउन लागेको खाद्यान्न, विभिन्न किसिमका लत्ताकपडा तथा हार्डवेयर पार्टसका सामानहरू पर्सा प्रहरीबाट नियन्त्रणमा लिई उक्त सामानहरुको रू.४,४७,८७०।– ( चार लाख सड्चालीस हजार आठ सय सत्तरी ) बराबरको मुल्यांकन  गरी आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको समेत  जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी गराएको छ  ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *