पर्सामा मोटरसाइकल दुर्घटनाबाट एक जनाको मृत्यु ।

समाचार

रसीद आलम।बिरगंज ,फागुन १२।पर्साको पोखरिया बसन्तपुरमा मोटरसाइकल एक आपसमा ठोकिदा एक भारतीय ब्यक्तिको ज्यान गएको प्रहरीले जनाएको छ।

पर्सा प्रहरीका अनुसार  पोखरिया नगरपालिका- ३ बसन्तपुर स्थित भिष्वाबाट पोखरिया तर्फ जाँदै गरेको ना १५ प ५०३६ नम्बरको मोटरसाइकललाई बि आर २२एन ३७९६ नम्बरको भारतीय मोटरसाइकलले पछाडिबाट ठक्कर दिदा बि आर २२एन ३७९६  नम्बरको मोटरसाइकल चालक भारत विहार जिल्ला वेतिया पश्चिम चम्पारण बस्ने वर्ष २२ को कैयफली चुरीहार सख्त घाईते भएको जानकारी  प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पोखरियबाट प्रहरी निरीक्षक आयुष जोशीको कमाण्डमा गएको प्रहरी टोलीले तत्कालै घाईतेलाई उदार गरि उपचारको लागि पोखरिया अस्पतालमा ल्याइएकोमा  उपचारकै क्रममा कैयफली चुरीहारको  मृत्यु  भएको हो।

घटनामा संगलन ना १५ प ५०३६ नम्बरको मोटरसाइकल चालक जगरनाथपुर गा.पा.वडा नं.५ बस्ने वर्ष ३४ को श्यामबाबु यादवलाई नियन्त्रणमा लिईएको तथा मृतकको घटनास्थल लास जाँच प्रकृति मुचुल्का लगायतका कार्य सम्पन्न गरी थप अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक  दिपक गिरिले जानकारी दिएका छन ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *