एमाले तत्काल सरकारवाट नबाहिरिने, २५ फागुनसम्म हेर्ने :नेम्वाङलाई समर्थन माग्दै अन्य दललाई पत्राचार गर्ने

राजनीति समाचार

काठमाडौं, १३ फागुन । नेकपा एमालेले २५ फागुनसम्म पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार नछाडने निर्णय लिएको छ ।

 

आज बसेको केन्द्रिय सचिवालय बैठकले सो निर्णय गरेको प्रचार बिभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

 

‘२५ गतेसम्म राष्ट्रपति चयनको मिति भएको हुनाले त्यसबेलासम्म पुस १० गतेकै सहमति अनुसार अगाडि बढ्छौं, तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिन्नौं,’ उनले पत्रकार सम्मेलनमा भने ।

सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको एमालले समर्थन जुटाउनका लागि अन्य राजनीतिक दललाई पत्राचार गर्ने भएको छ ।

 

च्यासल ललितपुरस्थित केन्द्रिय कार्यालयमा बसेको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै प्रचार बिभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेसबाहेक अन्य दललाई पत्रचार गर्ने निर्णय गरेको जानकारी दिए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *