जिल्ला प्रहरी कार्यालय पर्साद्वारा बिदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न ।

समाचार

रसीद आलम।बिरगंज, फागुन २१।जिल्ला प्रहरी कार्यालय पर्साले सरुवा भइ जानलागेका प्रहरी निरीक्षकहरुको बिदाई तथा फेरी भेटौला कार्यक्रम आयोजना गरि सम्पन्न गरेको छ।

प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको बिभिन्न च.नं. र मितिको पत्र आदेशानुसार जिल्ला प्रहरी  कार्यालय पर्सा तथा मातहत कार्यालयहरूमा सरूवा भई कार्यरत प्रहरी  निरीक्षकहरूले नेपाल प्रहरीका निती निर्देशन अनुरूप कार्य गर्दै आईरहनु भएकोमा  मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.नं. ८०२७ र ८०२८ मिति २०७९/११/१६ गतेको पत्र आदेशले ईलाका प्रहरी कार्यालय पोखरीया पर्सामा कार्यरत प्रहरी निरीक्षक आयुश प्रसाद जोशी  नेपाल प्रहरी प्रधान कार्यालय मानव वेचविखन अनुसन्धान व्युरो मानव बेचविखन अनुसन्धान शाखा काठमाण्डौमा काज सरुवा भएको छ।

जिल्ला प्रहरी  कार्यालय पर्सामा काज कार्यरत प्रहरी निरीक्षक मनोज कुमार यादव ईलाका प्रहरी कार्यालय गौशाला महोत्तरी, वडा प्रहरी कार्यालय श्रीपुर पर्सामा कार्यरत प्रहरी निरीक्षक डिल्लीराज सापकोट केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंज काठमाण्डौ, ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली पर्सामा कार्यरत प्रहरी निरीक्षक किशोर आचार्य जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी निरीक्षक ध्रुर्ब प्रसाद दाहाल जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा काज सरूवा भएको पर्सा प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत कार्यालयहरूमा कार्यरत रही रहँदा बस्दा यहाँहरूले गर्नु भएको कार्यको उच्च मुल्याङकन एवं प्रशंसा गर्दै यहाँहरूको व्यक्तिगत जीवन, परिवारीक जीवन, व्यवसायिक जीवन, सफल र सुखमय होस भन्दै यहाँहरूको उज्वल भविष्यको कामना गर्दै काज सरूवा भई जान लाग्नु भएका प्रहरी निरीक्षकहरूलाई पर्सा प्रहरी  प्रमुख प्रहरी उपरीक्षक कोमल शाहबाट फुल माला र मायाको चिनो प्रदान गरि बिदाई कार्यक्रम सम्पन्न गरिएको  हो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *