पर्सामा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु ।

समाचार

रसीद आलम ।बिरगंज ,फागुन २९।पर्सामा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको तथा अर्का एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

पर्सा प्रहरीका अनुसार पटेर्वा सुगौली गा.पा.वडा नं. ४ स्थित सडकखण्डमा मे. १ त ४८१७ नम्बरको ट्याक्टरले  विपरित दिशाबाट आउँदै गरेको साईकललाई ठक्कर दिंदा  साईकलमा सवार जिल्ला पर्सा धोविनी गा.पा वडा नं. ३ गुलरिया बस्ने प्रसाद हजरा र निजको श्रीमती वर्ष ७२ की महेसिया देवी घाइते अवस्थामा रहेको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट गएको  प्रहरी टोलीले घाईतेलाई उद्दार गरी उपचारको लागि नारायणी अस्पताल वीरगञ्जमा ल्याइ उपचारकै क्रममा  महेसिया देवीको मृत्यु भएको प्रहरीले जनाएको छ  ।

मृतकको लास जाँच प्रकृती मुचुल्का लगायतको कार्य सम्पन्न गरी ट्याक्टर र ट्याक्टर चालकलाई नियन्त्रणमा लिईएको छ।

कालिकामाई गा.पा. वडा नं. २ बस्ने वर्ष ३२ को महेन्द्र सहनी उक्त गाडीका ट्याक्टर चालक हुन ।

उक्त  घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक  दिपक गिरिले जानकारी दिएका छन ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *