पर्सा प्रहरीद्वारा घरेलु मदिरा भठ्ठी नष्ट ।

समाचार

रसीद आलम।पर्सा ,चैत ७।

पर्सा प्रहरीले सात वटा घरेलु मदिरा भठ्ठी नष्ट  गरेको  जनाएको छ।

पर्साका पकहामैनपुर गाँउपालिका वडा नं. ३ पकहाँ र विन्दवासनी गाँउपालिका वडा नं. ४ अमरपट्टीमा विभिन्न व्यक्तिहरूले अबैध रुपमा घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण गरिरहेको छ भन्ने प्राप्त सूचना अनुसार ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रमुख प्रहरी निरीक्षक मोहन बिक्रम केसीको कमान्डमा तथा  जिल्ला प्रहरी  कार्यालय पर्साको सन्युक्त प्रहरी टोलीले उक्त स्थानमा रहेका सात वटा मदिरा भठ्ठी नष्ट गरेको पर्सा प्रहरीले जानकारी गराएको छ।

साथै सात हजार लिटर कच्चा पदार्थ र एक हजार  लिटर तयारी घरेलु मदिरा पनि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक  दिपक गिरिले जानकारी दिएका  छन ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *