प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा जेल परेका तीन जना रिहा

समाचार

काठमाडाैं, १५ चैत
प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डविरुद्ध नाराबाजी गरेको अभियोगमा पक्राउ परेका तीन जना रिहा भएका छन् । डिल्ली बजार कारागारमा जेल चलान भएका तीन जना मंगलबार पाँच हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको हो ।
सोमबार बागलुङ घर भएका सोनु शर्मा, बझाङका विप्लव खड्का र सोलुखुम्बुका उद्धव बस्नेतलाई डिल्लीबजार कारागार चलान गरिएको थियो । ७ चैतमा काठमाडौंको बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रममा उनीहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए ।

उनीहरूलाई पक्राउ गरीएको बिषयमा सडकदेखि संसदसम्म सरकारको चर्को आलोचना हुँदै आएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *