बिरगंजमा म्याद सकिएको खाद्यान्न सामाग्रीहरू बिक्रीवितरण गर्न लागेको आरोपमा ३ जना ब्यक्ति पक्राउ ।

समाचार

रसीद आलम।पर्सा ,चैत ,१४।

बिरगंजमा म्याद सकिएको खाद्यान्न सामाग्रीहरू बिक्रीवितरण गर्न लागेको आरोपमा  तीन जना ब्यक्तिलाई पर्सा प्रहरीले  पक्राउ गरेको छ ।

चैत १३ गते बेलुका ४ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.१३ श्रीपुर स्थित श्रवण रूङ्टाको घरमा घर भाडामा लिइ वीरगञ्ज महानगरपालिका वडा नं.७ बस्ने संजय अग्रवालले संञ्चालन गरेको Snack & Pack Industries र Foodco Nepal Crop PVT.ltd भित्र म्याद नाघेका खाद्य पदार्थमा नयाँ Label टाँसी बिक्री वितरण गर्नको लागि राखिएकोमा विशेष सूचनाको आधारमा जिल्ला प्रहरी  कार्यालय पर्सा  तथा वडा प्रहरी कार्यालय श्रीपुर, जिल्ला प्रशासन कार्यालय पर्सा, वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा, खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगञ्ज पर्सा, कन्जुमर आई नेपाल वीरगञ्ज पर्सा र बिरगंज  उधोग बाणिज्य संघ समेतको प्रतिनिधीहरूको उपस्थिती तथा रोहबरमा उधोगलाई खानतलासी गर्दा सो उधोगहरूमा म्याद सकिएको मशाला, ड्राइफुड,सोस, अजिनो, ब्रेड जाम लगायत ५५ हजार २ सय ७५ के.जी.खाद्यान्न बस्तुहरु फेला परेको र सो खाद्यान्न बस्तुहरुको मुल्य रू. सताईस लाख सन्तान्वे हजार नौ सय छयालीस बराबरका मालबस्तुहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ् ।

साथै सो मालबस्तुहरूको म्याद सकेको स्थानमा पुनःनयाँ म्याद लेखिने मेसिन १थान बरामद भएको छ ।

सो उधोगहरूमा काम गर्ने मानिसहरूलाई नियन्त्रणमा लिइ निजहरू विरुद्द खाद्य पदार्थमा मिसावट गर्न नहुने सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान  भैरहेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी गराएका छन् ।

पक्राउ पर्नेहरूमा वीरगञ्ज म.न.पा.वडा नं.१३ बस्ने वर्ष ३२ को मनिष कुमार चौधरी ,बिरगंज वडा नं.७ बस्ने वर्ष २३ को आयुष अग्रवाल र बिरगंज वडा नं.१४ बस्ने वर्ष ३८ को हरि नारायण प्रसाद कुर्मी रहेका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *