आजदेखि एसईई परीक्षा सुरु,एसईईमा सहभागी विद्यार्थीलाई प्रधानमन्त्रीको शुभकामना

समाचार

रसीद आलम।बिरगंज , १७ चैत

यसवर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षा आजदेखि सुरु भएको  छ । एसईईमा यसवर्ष नियमित र ग्रेडवृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी हुँदै छन् । बिहान ८ बजेदेखि सुरु हुने परीक्षा चैत २९ गते सकिनेछ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार

यस् अघि  दुई वर्ष कोरोना महामारीका कारण आन्तरिक मूल्यांकन विधिबाट परीक्षा सञ्चालन गरिएको थियो । यो वर्ष विद्यार्थीको भौतिक उपस्थितिमा दुई हजार ३७ केन्द्रबाट परीक्षा लिइने बोर्डले जनाएको छ ।

यसवर्षको एसईईमा सहभागी हुने छात्रछात्राको संख्यामा थोरै मात्रै फरक छ। दुई लाख ४२ हजार ६७४ छात्र र दुई लाख ४२ हजार ७१२ छात्राले परीक्षा दिँदै छन् ।

यीमध्ये नेपाली विद्यार्थी अध्ययनरत एभरेष्ट इन्टरनेसनल स्कुल जापानबाट पनि १४ जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना व्यक्त गरेका छन् ।

 

आज एक सन्देश जारी गर्दै उनले विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्दै परीक्षा व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन आ-आफ्नो ठाउँमा महत्वपूर्ण भूमिका खेल्न  सबैमा आग्रह गरेका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *