२४ लाख भन्दा बढीका माल सामान सहित कन्टेनर ट्रक धादिङ प्रहरीद्वारा पक्राउ ।

समाचार

धादिङ ,चैत २३।
भ्याट विल र प्रज्ञापन पत्र विना नै कपडा, कस्मेटिक लगायतका माल सामानहरु ढुवानी भैरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङ मातहत प्रहरी चौकी जोगिमारा, धादिङबाट खटिएको प्रहरी टोलीले चैत २१ गते राति ११:३०को समयमा जिल्ला धादिङ बेनिघाट रोराङ गा.पा. वडा नं. ९ मझिमटार स्थित पृथ्वी राजमार्गमा नेपालगंजबाट काठमाण्डौं जाँदै गरेका ना ६ ख ४९१५ नम्बरको डिब्बा कन्टेनर ट्रकलाई रोकी चेकजाँच गर्दा भ्याट बिल र प्रज्ञापन पत्र समेतका आवश्यक कागजातहरु नरहेकोले उक्त माल सामानहरु शंकास्पद देखिएकोले ट्रक चालक जिल्ला धादिङ गल्छी गा.पा. वडा नं. ८ निवुवाबोट बस्ने बर्ष २५ को उमेश थापा र उक्त माल सामान लोड रहेको कन्टेनर ट्रकलाई नियन्त्रणमा लिएको धादिङ प्रहरीले जनाएको छ।

उक्त पक्राउ गरिएका कपडा, कस्मेटिक, स्टेशनरी, ईलेक्ट्रिक लगायतका माल सामानहरुको रु. चौविस लाख अठासी हजार आठ सय अन्ठाउन्न बराबरको मुल्यांकन गरि ट्रक चालक उमेश थापा र उक्त माल सामान लोड गरिएको डिब्बा कन्टेनर ट्रकलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन, ललितपुर पठाईएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *