ढुंगा लागेर घाइते गुरुङको हेलिकप्टरबाट उद्धार

समाचार

गोरखा, ३० चैत

गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ३ सल्लेरीनजिकै ढुंगा लागेर घाइते भएका ४८ वर्षका गणेश गुरूङलाई उद्धार गरी हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ।

पहाडबाट खसेको ढुंगा लागेर गुरुङ गम्भीर घाइते भएका थिए। मनास्लु पदमार्गमा हिँडिरहेका बेला गुरूङमाथि भिरबाट खसेको ढुंगा लागेको हो।

उनलाई बुधबार नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ।

गोरखा १ का सांसद राजेन्द्र बजगाईले ढुंगा लागेर घाइते गुरूङलाई प्रधानमन्त्री विपद् व्यवस्था कोष कार्यक्रमसँग समन्वय गरी उद्धार गरिएको बताए। उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *