कञ्चनपुर सशस्त्र प्रहरीका सिमा सुरक्षा प्रमुख माथी खुकुरी प्रहार

समाचार

कञ्चनपुर, २३ बैशाख । सशस्त्र प्रहरीका बोर्डर आउट पोष्ट (बीओपी) का प्रमुखमाथी खुकुरी प्रहार भएको छ ।

 

दोधारा चाँदनी नगरपालिका–७ कञ्चन भोजमा बीओपी का प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र चैंसिरमाथि खुकुरी प्रहार भएको हो । गत शुक्रवार राती होहल्ला गरिरहेका केही ब्यक्तिहरुलाई सम्झाउन गएका सई चौंसिर माथी खुकुरी प्रहार गरिएको हो ।

 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक एवम प्रवक्ता प्रकाश डाँगीका अनुसार शुक्रबार राती १० बजेको समयमा बिओपी प्रमुख माथी खुकुरी प्रहार भएको हो ।  सो खुकुरी प्रहारवाट उनको बाया पाखुरामा चोट लागेको छ ।

 

खुकरी प्रहार गरी फरार रहेकाहरुकाे अहिले खोजी कार्य जारी राखिएको छ तथा सो सम्बन्धमा थप अनुसन्धान भैईरहेको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *