रसीद आलम,बिरगंज ,२९ बैशाख ।
विभिन्न नाकाबाट चोरीपैठारी गरि ल्याएका अबैध चामल वडा प्रहरी कार्यालय विर्ताले पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार विभिन्न किसिमका ब्रान्ड भएका चामलहरू भन्सार छली चोरी पैठारी गरी वीरगञ्जमा ल्याई अनाधिकृतरूपमा भण्डारण गरी राखेको गोप्य सूचनाको आधारमा आज बेलुका २:०० बजेको समयमा वडा प्रहरी कार्यालय विर्ताको प्रमुख प्रहरी निरीक्षक बिदुर प्रसाद शिवाकोटीको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.११ रानीघाट स्थित प्रकाश कुमार गुप्ताको पसल अगाडी लुकाइ छिपाइ राखिएको रु.१,२०,८७८।- (एक लाख बीस हजार आठ सय अठहत्तर) बराबरको ७४ बोरा चामल पक्राउ गरिएको छ।
पक्राउ गरिएको सो अबैध चामल थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरिले जनाएका छन् ।