बिल बिजक भन्दा बढी खुद्रा तथा लत्ताकपडाहरू लोड रहेको भारतीय पिकअप पर्सा प्रहरीको नियन्त्रणमा ।

समाचार

रसीद आलम,बिरगंज ,१० जेठ ।

बिल विजक भन्दा बढी विभिन्न किसिमका खुद्रा तथा लत्ताकपडाहरू बोकेको माल बाहक भारतीय  पिकअप पक्राउ गरेका पर्सा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार  ड्राईपोर्टबाट वीरगञ्जतर्फ आउदै गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले मंगलवार साझ ६:३० मा वीरगञ्ज महानगरपालिका वडा नं. २५ चण्डालचोक स्थित सडकखण्डबाट  BR05GC 3017 नम्बरको मालवाहक पिकअप रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा उक्त पिकअपलाई नियन्त्रणमा लिईएको हो।

पक्राउ परेका पिकअप र सो भित्र लोड रहेको खुद्रा तथा विभिन्न किसिमका लत्ताकपडाहरूको मुल्य रू. १७,३९,४४८।- (सत्तर लाख उन्नचालीस हजार चार सय अड्चालीस ) बराबरको मुल्यांकन गरि थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरिले जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *