वडा प्रहरी कार्यालय विर्ताद्वारा ४३ लाख बराबरको विभिन्न सामानहरु लोड रहेका ट्रक पक्राउ ।

समाचार

रसीद आलम, बिरगंज ,२२ जेठ ।

बिल बिजक भन्दा बढी हार्डवेयर तथा चकलेटहरू लोड रहेको  ट्रक वडा प्रहरी कार्यालय विर्ताले पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।

वीरगञ्जबाट बिराटनगरतर्फ जाँदै गरेको विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक बिदुर प्रसाद शिवाकोटीको कमान्डमा खटिएको प्रहरी टोलीले आइतबार  राती १०:१० बजेको समयमा  वीरगञ्ज महानगरपालिका वडा नं. १६ बाईपास स्थित सडकखण्डबाट ना.६ ख ८५८९ नम्बरको मालवाहक ट्रक रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा उक्त ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका ट्रक र सो  भित्र लोड रहेको खुद्रा तथा हार्डवेयर लगायतका सामानहरूको मुल्य रु.४३,८७,१६९।-(त्रिचालीस लाख सतासी हजार एक सय उन्नसत्तरी ) बराबरको मुल्यांकन गरि थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि सोमबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरिले जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *