पर्सामा लागु औषध सहित एक १४ बर्षिय वालक पक्राउ ।

समाचार

रसीद आलम,बिरगंज ,२२ जेठ ।

पर्सा प्रहरीले  लागु औषध सहित एक १४ बर्षिय वालकलाई पर्साको जिराभवानी गाउँपालिकाबाट पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार आइतबार बेलुकी  ४ बजेको समयमा जिल्ला पर्सा जिराभवानी गाउँपालिका वडा नं.१ सडकखण्डमा प्रहरी चौकी महादेवपट्टीबाट खटिएको चेकिङ्ग टोलीले शंकास्पदरूपमा आएका बा.प्र.०३-००५ प ४४२९ नम्बरको  मोटरसाइकल रोकी मोटरसाइकलमा सवार १४ वर्षीय बालकलाई  चेकजाँच गर्दा निजले बोकेको झोला भित्र लुकाई छिपाई राखिएको लागु औषध गाँजा ५ के.जी. फेला परेकोले उल्लेखित लागु औषध तथा बा.प्र.०३-००५ प ४४२९ नम्बरको मोटरसाइकल सहित निजलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।

निज विरुद्द  लागु औषध कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भैरहेको  पर्सा प्रहरीका डिएसपी दिपक गिरिले बताएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *