रसीद आलम, बिरगंज ,७ असार ।
पर्सा प्रहरीले मोटरसाइकल चोरी अभियोगमा २ मानिसहरूसहित १ मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ।
गत फागुन २८ मा राती १०:४० बजेको समयमा
वीरगञ्ज म.न.पा.वडा नं.१० स्थित सडकखण्डबाट
बिरगंज महानगरपालिका वडा नं.९ रानीघाट टोल बस्ने वर्ष २९ को सोनु पटेलले मोटटरसाईकल पार्किङ गरी राखिएको अवस्थाबाट जिल्ला चितवन राप्ती न.पा.वडा नं.१३ बस्ने बर्ष २८ को मनिष प्रजा र सोही ठेगान बस्ने वर्ष २० को राजु प्रजाले उक्त मोटरसाइकलको लक तोडी चोरी गरी गएकोमा पीडित सोनु पटेलले जिल्ला प्रहरी कार्यालय पर्सामा दिएको किटानी जाहेरी दरखास्तको आधारमा खोजतलास गर्दै जाने क्रममा ई.प्र.का.खैरनी चितवन तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको बिशेष टोलीले असार ६ गते निजहरूको घरबाट उल्लेखित नम्बर मोटरसाइकल बरामद हुँदा निज मनिष प्रजा र राजु प्रजालाई नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ।
पक्राउ परेको मोटरसाइकल प्र .२-०३-००७ प ३५५० नम्बरको कालो रातो रंगको २२० सि.सि.को पल्सर जसको चे.नं. MD2A13EY0KCH92490 ई.नं.DKYCKH50197 रहेको प्रहरीले बताएको छ।
नियन्त्रणमा लिएको दुबैजनालाई आजै पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरिले जनाएका छन् ।
