रसीद आलम, मकवानपुर ,२६ असार ।
मकवानपुर प्रहरीले ३ लाख ७५ हजार अबैध भारतिय रुपैया सहित एक जना भारतीयलाई पक्राउ गरेको जनाएको छ।
मंगलवार बिहानको ५:०० बजेको समयमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. १५ रातोमाटे स्थित सडक खण्डमा सवारी साधनहरु चेक जाँच गर्ने क्रममा काठमाण्डौबाट बिरगंज तर्फ आउदै गरेको प्रदेश ३-००१ ख २५१६ नम्बर को यात्रुवाहक बसमा सवार देश भारत जिल्ला बेतिया थाना बैरिया ग्राम मियापुर दवौली – ७ बस्ने वर्ष ४० को रमेश साह गुप्ताले कम्मरको भागमा कपडाले बेरी लुकाई छिपाई गरी ल्याएको अबस्थामा अबैध भारतिय रुपैया ३ लाख ७५ हजार फेला परेको हुदाँ उक्त भारु रुपैया सहित निज रमेश साह गुप्तालाई नियन्त्रणमा लिईएको मकवानपुर प्रहरीले जनाएको छ।
पक्राउ परेका गुप्तालाई आवश्यक कार्वाहीको लागी राजश्वव अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी गराएको छ ।
