रसीद आलम,पर्सा ,३ साउन ।
वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोक स्थितमा प्रहरी चौकी गण्डकबाट खटिएको चेकिङ टोलीले मंगलवार साझ ४:३० बजेको समयमा बिरगंजबाट हेटौडातर्फ जाँदै गरेको सार्वजनिक बसलाई रोकि चेकजाँच गर्ने क्रममा बसमा सवार जिल्ला चितवन खैरनी नगरपालिका वडा २ पर्सा बस्ने वर्ष २० को सुनिल विकलाई शंका लागी खानतलासी गर्दा निजको कम्मरमा लुकाई छिपाई राखेको नाईट्राभेट १० लेखिएको १ पत्तामा १५ का दरले ४० पत्तामा ६०० पिस ट्याब्लेट फेला परेको हुँदा उल्लेखित परिमाणको लागु औषध सहित सुनिल विक लाई नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ।
पक्राउ परेका विकलाई लागु औषध सम्बन्धी कसूरमा आजै पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिई थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।