चीनमा अत्याधिक गर्मीले तोडयो रेकर्ड

बिदेश समाचार

बेइजिङ, ४ साउन । चीनमा यतिबेला निकै गर्मी छ । जुलाई महिनामा चीनमा गर्मीले नयाँ कीर्तिमान बनाएको छ ।

 

चीनले देशमा ५२.२ डिग्री सेल्सियस (१२६ डिग्री फारेनहाइट) रेकर्डकाे उच्च तापक्रम रिपोर्ट गरेको छ। ५० भन्दा माथिको तापक्रम चर्को हुने निश्चित छ। यस्तो अवस्थामा चीनका जनताले कस्तो गर्मीको सामना गरिरहेका छन् ? यो अनुमान गर्न पनि असम्भव छ। तापक्रम वृद्धिका कारण विद्युत खपत ह्वात्तै बढेको छ ।

 

चीन अप्रिल महिनादेखि बढ्दै गएको तापक्रमले चिन्तित छ । त्यसयता यहाँको तापक्रम सामान्य भन्दा बढी छ । जुन महिनामा पनि चीनमा गर्मीले धेरै रेकर्ड तोडेको छ ।

 

हालैका महिनाहरूमा चीनमा तापक्रम असामान्य रूपमा उच्च भएको छ, जसमा वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण गर्मी बढिरहेको बताएका छन्।

 

ग्लोबल वार्मिङको खतरा विश्वका ठूला भागहरूमा बढिरहेको छ। युरोप र जापानमा कीर्तिमानी गर्मीको पूर्वानुमान गरिएको थियो, जसका कारण शनिबार अमेरिकाका लाखौं मानिसले अत्यधिक तापक्रम वृद्धिको सामना गर्नुपरेको थियो ।

 

अमेरिकाको राष्ट्रिय मौसम सेवाले क्यालिफोर्नियादेखि टेक्साससम्म पुग्ने चरम गर्मीको लहरको अवस्थाका साथ ‘अत्यधिक तातो र खतरनाक सप्ताहन्त’ को चेतावनी दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *