भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका सामानहरु पर्सा प्रहरीद्वारा बरामद ।

समाचार

रसीद आलम,पर्सा ,१२ साउन ।

भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका सामानहरु पर्सा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

साउन १० गते जिल्ला प्रहरी कार्यालय पर्साका मातहतमा पर्ने अस्थाई प्रहरी पोष्ट ईनर्वागाउँको टोलीले सल – ९० पिस पक्राउ गरेको जसको बजार मुल्य रु.२७ हजार रहेको छ ।

ईलाका प्रहरी कार्यालय छप्कैयाको टोलीले कुर्था सुरवालको थानको कपडा –११ थान नियन्त्रणमा लिएको सोको बजार मुल्य रु.६६ छयसट्ठी हजार रहेको प्रहरीले जनाएको छ।

त्यसतै प्रहरी चौकी सिर्सियाको टोलीद्वारा मोटरको पार्टसहरु रु.३० हजार बराबरको १ पोका तथा प्रहरी चौकी ईनर्वाको टोलीद्वारा लेडिज सर्ट – ६३ पिस ,थानको कपडा – २ थान ,सानो व्याग – २० पिस ,कस्तुरी मदिरा – ८३ पिस जसको मुल्यांकन रु.५२,६५०/-( बाउन्न हजार छ सय पचास ) बराबरको पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।

बरामद गरीएको सामानहरु आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *