रसीद आलम,बिरगंज ,१३ साउन ।
अस्थायी प्रहरी पोष्ट ईनर्वा गाउँले विभिन्न किसिमका कास्मेटिक समानहरू भन्सार छली चोर पैठारी गरि भारतबाट नेपालतर्फ ल्याउदै गरेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।
शनिबार राति १:३० को समयमा बिरगंज वार्ड नं. १६ भुटन देवी स्थित अस्थायी प्रहरी पोष्ट ईनर्वाको प्रहरी सहायक निरीक्षक मुनिलाल राउतको कमाण्डमा खटिएको गस्ती टोलीले भारतबाट भन्सार छली चोरी पैठारी गरि ल्याएको सिपेड पाउडर-१४ डब्बा,केटो फङगा बडिवास ७ डब्बा , सनडोसा एसएल लेखिएको ७ डब्बा, गुलुटाडेम फेस वास ७ डब्बा, एन्डोफाइन क्रिम ६ पाकेट, रेयस्टोप क्रिम २ पाकेट र मेगि शिलिन वास २४० पिस पक्राउ गरिएको अस्थायी प्रहरी पोष्ट ईनर्वाले जनाएको छ।
पक्राउ गरिएको समानहरूको अन्दाजी बजार मुल्य रु.३ लाख ५० हजार रहेको प्रहरी सहायक निरीक्षक राउतले जानकारी गराएका छन् ।