बिरगंजमा बिल बिजक भन्दा बढी खुद्रा तथा हार्डवेयर सामानहरू लोड रहेको दुईवटा ट्रकहरु पर्सा प्रहरीद्वारा पक्राउ

समाचार

रसीद आलम, बिरगंज ,१९ साउन ।

बिल विजक भन्दा बढी खुद्रा तथा हार्डवेयर सामानहरू बोकेको माल बाहक दुईवटा ट्रकहरु बुधबार राति ११:३० मा पर्सा प्रहरीले पक्राउ गरेको जनाएको छ।

वीरगञ्जबाट परवानीपुरतर्फ जाँदै गरेको विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक स्थित सडकखण्डमा ना.३ ख ३१९९ र ना.६ ख ७१ नम्बरको मालवाहक ट्रकहरूलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा उक्त ट्रकलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जनाएका छन्।

पक्राउ गरेका ट्रकहरू र सो भित्र लोड रहेको सामानहरूको रू. ८४ लाख ९९ हजार ६ सय ५२ बराबरको मुल्यांकन गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बिहीबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *