रसीद आलम,बिरगंज ,२६ असोज ।
बिल बिजक भन्दा बढी हार्डवेयर, औषधी तथा खुद्रा सामानहरू लोड रहेको दुईवटा ट्रकहरु नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ।
असोज २४ मा ८:५५ बजे राती बिल विजक भन्दा बढी हार्डवेयर,औषधी तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट झापातर्फ जाँदै गरेको सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं.१५ प्रतिमा चोकस्थित सडकखण्डमा ना.१ ख ३२०१ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताए ।
ट्रक भित्र लोड रहेको हार्डवेयर, औषधी तथा खुद्रा सामानहरूको रू.४४ लाख ४३ हजार ३ सय १७ बराबरको मुल्यांकन गरि थप अनुसन्धान तथा आवश्यक कारवाहीको राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको डिएसपी थापाले जनाएका छन् ।
प्रहरीका अनुसार फ़ेरि असोज २४ गतेकै राती १०:४५ मा बिल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट नुवाकोटतर्फ जाँदै गरेको सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोकस्थित सडकखण्डमा ना.४ ख ११२७ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा पक्राउ गरि रू.२० लाख ६५ हजार ९ सय ८० बराबरको मुल्यांकन गरि ट्रक भित्र लोड रहेको औषधी तथा खुद्रा सामानहरू थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि असोज २५ मा राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले बताए ।
