अन्तर्राष्ट्रिय नारी दिवसमा बालेन्द्र साहको शुभकामना : “नारी सम्मानमै समुन्नत समाजको आधार”

समाचार

काठमाडौं, २४ फागुन ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा झापा क्षेत्र नम्बर–५ का नवनिर्वाचित सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह (बालेन्द्र साह) ले सम्पूर्ण नारीहरूलाई शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले नारी सम्मान, समानता र सशक्तीकरणबाट मात्रै समुन्नत समाज निर्माण सम्भव हुने बताएका छन्। उनले संस्कृतको प्रसिद्ध श्लोक उद्धृत गर्दै नारीको सम्मान भएको स्थानमा देवताको वास हुने उल्लेख गरेका छन्।

उनले लेखेका छन्—
“यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः।
यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः॥”
सन्देशमा उनले नारीलाई जननी, अभिभावक तथा जीवनका सहयात्रीका रूपमा व्याख्या गर्दै समाजको विकास र समृद्धिका लागि नारीको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्।

उनले नारीको अधिकार, आत्मसम्मान तथा समान अवसर सुनिश्चित गर्न समाजका सबै तह र तप्काले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
अन्त्यमा उनले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण नारीहरूको अधिकार, आत्मसम्मान र उज्ज्वल भविष्यको कामना गर्दै शुभकामना व्यक्त गरेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *