मकवानपुर ,२६ असोज ।
मकवानपुर प्रहरीले १८ ग्राम लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ सहित एक जना बारावासीलाई नियन्त्रणमा लिएको जनाएको छ।
असोज २५ मा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुरको हेटौडा उ.म.न.पा. वडा नं.१५ रातोमाटेमा विरगंजबाट काठमाण्डौ तर्फ आउँदै गरेको ना ५ ख २४६८ नम्बरको यात्रु वाहक बसलाई रोकी चेक जाँच गर्ने क्रममा बाराको प्रसौनी गाउँपालिका वडा नं. ५ नकटुवा बस्ने वर्ष ४१ को रमेश महत्तो नुनियालाई शंका लागि बसबाट ओराली निजको शरीर खानतलासी गर्दा निजले लगाएको पाईन्टको खल्ती भित्र लुकाई छिपाई गरी राखेको अवस्थामा १८ ग्राम लागु औषध खैरोहेरोईन जस्तो देखिने खैरो पदार्थ फेला परेको हुँदा उक्त लागूऔषधसहित निज रमेश महतो नुनियालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
सो सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।