सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाद्वारा रक्तदान कार्यक्रम।

समाचार

बिरगंज ,१८ कार्तिक ।

“ रक्तदान गरौं, जिवनदान गरौं” भन्ने नाराका साथ सामूदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया -२ ले १६ औँ रक्तदान कार्यक्रम आयोजना गरेको र सो कार्यक्रममा जनसमुदाय,रक्तदाताहरुको उल्लेखनीय सहभागिता रहेको  सामुदायिक सेवा केन्द्रको अध्यक्ष हाजी ग्यासुदिन ठकुराईले जनाएका छन् ।

२०८० कार्तिक १८ गते शनिबार विहान ७:३० वजे वीरगंज-२ छपकैया इदगाह चौकमा सम्पन्न सो रक्तदान कार्यक्रममा बिरगंज महानगरपालिकाका प्रमुख राजेश मान सिंहको प्रमुख अथितिमा तथा उपप्रमुख ईमतियाज आलम लगायत सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा भन्सारका डिएसपी देबेन्द्र सिंह र संचारकर्मिहरुको उपस्तिथि रहेको थियो।

सो रक्तदान कार्यक्रममा १०५ जना रक्तदाताहरुले रक्तदान गरेका सामुदायिकका अध्यक्ष ठकुराईले बताए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *