सशस्त्र प्रहरी बल पर्सा द्वारा १३ लाख भन्दा बढीका अबैध सामानहरु पक्राउ।

समाचार

रसीद आलम, बिरगंज,१७ मंसिर ।

सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा.पर्सा तथा मातहतका प्रस्तावित सिमा सुरक्षा गुल्म भन्सारले बिरगंजको विभिन्न ठाउँबाट भन्सार छली गरि भारत बाट नेपाल भित्राएका करिब १३ लाख बराबरको विभिन्न किसिमका अबैध तस्करीका सामानहरु नियन्त्रणमा लिएको जनाएको छ।

मंसिर १६ गते दिउँसो १ बजेको समयमा वीरगंज म.न.पा-१६ भन्सार रोड स्थित प्रस्तावित सीमा सुरक्षा गुल्म तथा  सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा.पर्साको सन्युक्त टोलीले चेकजाँच गर्ने क्रममा बेवारिसे अवस्थामा राखेको रु. ६ लाख २० हजार २ सय ३५ मुल्य बराबरको रेडिमेड कपडा, जुत्ता तथा मुर्ती बरामद गरेको सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी ) सङ्गम श्रेष्ठले बताए।

मंसिर १७ मा सशस्त्र प्रहरी बल नेपाल गण न.१३ पर्सा , प्रस्तावित सिमा सुरक्षा गुल्म भन्सार तथा बिरगंज भन्सार कार्यालयको सन्युक्त टोलीले विशेष सूचनाको आधारमा बिरगंज रजत जयन्ती चौकबाट पश्चिम् छपकैया २ मा पर्ने एउटा दुई तल्ले घरमा लुकाई छिपाई राखिएको अवस्थामा करिब ७ लाख २ हजार ९ सय बराबरको भन्सार छलिएका विभिन्न अबैध कपडाहरु पक्राउ गरेको छ।

पक्राउ परेका सो अबैध सामानहरुलाई आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको डिएसपी श्रेष्ठले जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *