प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारले दिए राजीनामा

राजनीति समाचार

काठमाडौं, २५ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन्।

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार पदबाट मंसिर २० गते नै उनले राजीनामा दिएको बताइएको छ।

आफूले राजीनामा दिए पनि स्वीकृत भएको जानकारी प्राप्त नभएको उनको भनाइ छ।

प्रधानमन्त्रीसँग व्यक्तिगत असन्तुष्टि वा अन्य पद प्राप्त गर्नका लागि राजीनामा नभएको बताउँदै उनले स्वीकृत भइसकेपछि राजीनामाको कारण बताउने बताएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *