पर्सा: लाखौं मूल्य बराबरको प्याज लोड रहेको पिकअप पक्राउ।

समाचार

बिरगंज ,३ पुस।

बिल बिजक भन्दा बढी प्याज लोड रहेको पिकअप पर्सा प्रहरीले  नियन्त्रणमा लिएको छ।

पुस १ गते राती १:१५ मा बिल विजक भन्दा बढी प्याज बोकेको पिकअप वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोकस्थित सडकखण्डमा ना.४ च ८७१३ नम्बरको मालवाहक पिकअपलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी प्याज लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

रू.१ लाख ४७ हजार ७ सय ५० बराबरको मुल्यांकन गरि पिकअप भित्र लोड रहेको प्याजलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि पुस २ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी )कुमार बिक्रम थापाले जनाए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *