रसीद आलम,बारा,७ पुस।
बाराको पथलैयामा ३६ किलो लागू औषध गाँजा सहित एक भारतीय नम्बरको स्कारपिओ गाडी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
विशेष सूचनाको आधारमा शुक्रबार विहान ७:३० बजेको समयमा प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलिले जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १ पथलैयामा सर्भिस लाईनमा पार्किङ गरी राखेको DL4CNB3681 नम्बरको भारतीय स्कारपिओ गाडीलाई पक्राउ गरेको बारा प्रहरीले जानकारी गराएको छ।
सो स्कारपिओलाई चेकजाँच गर्दा गाडीको पछाडीको भागमा बक्स बनाई उक्त बक्स भित्र लुकाई छिपाई राखेको अवस्थामा ३६ किलो अबैध लागू औषध गाँजा बरामद गरीएको बारा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी )दधिराम न्यौपानेले बताएका छन् ।
गाडिलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको डिएसपी न्यौपानेले जनाए।