रसीद आलम,पर्सा,१७ पुस।
ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले अबैध उत्खननको आरोपमा २ वटा ट्याक्टर पक्राउ गरेको छ। जङ्गलबाट हरियो काठ फडानी गरेको आरोपमा काठसहित २ वटा साईकल पनि नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक राम राजा केशरीले जनाएका छन् ।
ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली तथा प्रहरी चौकी मिलन चौकबाट खटिएको सन्युक्त प्रहरी टोलीले भेडहा खोलाबाट बालुवा उत्खनन् गरिरहेको अवस्थामा ना ५ त ६८९४ ,ना ५ त ८८११ नम्बरको ट्याक्टरहरुलाई पक्राउ गरि सम्बन्धित पालिकामा बुझाई कानुन बमोजिम कार्वाही गरेको प्रहरी निरीक्षक केशरीले जनाए ।
पर्साको बिरगंज म.न. पा.वडा न. ३२ रामवन स्थित जङ्गलबाट हरियो काठ चिरी ल्याउदै गर्दा प्रहरी चौकी मिलन चौकबाट प्र. स. नि. प्रमोद प्रसाद साहको कमाण्डमा खटिएका टोलीलाई देखि काठ तस्कर फरार भएको हुँदा २ थान साइकल र काचो दाउरा सहित नियन्त्रणमा लिएको र आवश्यक कार्वाहीको लागि सब डिभिजन बन कार्यालय सबैया टाडी पर्सामा बुझाएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रमुख प्रहरी निरीक्षक केशरीले जनाएका छन् ।