बारा प्रहरी :भारतीय सुटर सुजित कुमार सिंहलाई छुटाईदिन्छु भनी रकम ठगी गर्ने बाराको साह पक्राउ

समाचार

रसीद आलम,बारा,२९ पुस।

बारा प्रहरीले भारतीय सुटर सुजित कुमार सिंहलाई छुटाईदिन्छु भनी केहि रकम ठगी गरेको आरोपमा महागढीमाई नगरपालिका वडा न.१ बस्ने वर्ष २३ को श्यामबाबु साहलाई पक्राउ गरेको छ।

साहले सुजित कुमार सिंहको बुवा जयमंगल सिंहसँग सुजित कुमारको मुद्धा प्रहरी, सरकारी वकिल र अदालतमा सेटिङ गरी मिलाईदिन्छु भनी रू.१६ लाख (भारतीय रकम रु.१० लाख) माग गरेका थिए।सो रकम मध्ये रू.१ लाख ९२ हजार (भा.रु. १ लाख २० हजार ) रकम साहलाई सुजित कुमारको बुवाले दिएको प्रहरीले जनाएको छ।

सुजितको बुवा जंयमगल सिंहको जाहेरी दरखास्तको आधारमा शनिबार श्यामबाबु साहलाई पक्राउ गरी ठगी तथा आपराधिक बिश्वासघात सम्बन्धि मुद्दामा बारा जिल्ला अदालत कलैयाबाट ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको बारा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी )दधिराम न्यौपाने जानकारी गराए।

बारामा भएका विभिन्न हत्यामा आरोपी सुजित कुमार सिंह हुन् ।उनिमाथि सुपारी लिई गोली हानी हत्या गरेका कयौं मुद्दा रहेको बारा प्रहरीले जनाएको छ।भारत मोतिहारी जिल्ला छौडादानो पञ्चायत तिनकुनि बस्ने वर्ष ३२ को सार्प सुटर सुजित कुमार सिंह फरार प्रतिवादी हुन।मिति २०८० साल पौस १० गते भारतबाट नेपाल प्रवेश गर्दै गरेको अवस्थामा प्रहरीसँगको मुठभेडमा खुट्टामा गोली लागि घाईते भएको अवस्थामा बारा प्रहरीले नियन्त्रणमा लिएको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *