पट्टा भाँच्चिएर बस दुर्घटना हुदाँ दाङमा २ को मृत्यु

समाचार

लमही ८ माघ । दाङमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

 

पूर्व पश्चिम राजमार्ग अन्तरगत अमिलिया रिहार सडक खण्डको लमही नगरपालिका–९ रिहार नजिकै राति ११ बजे बर्दिया देखि काठमाडौं जाँदै गरेको प्रदेश ३–१००५ ख ९७१९ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको हो ।

 

सो दुर्घटनामा परि गेरुवा गाउँपालिका–१ निवासी ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय, अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिएका छन् ।

 

बसमा ४७ जना सवार रहेको २ जना घाइते भएको र अन्य यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ। बस चालक सामान्य घाइते भएको र उनको कोहलपुरमा उपचार भैरहेको छ।

 

मृतकहरूको शव लमही अस्पतालमा राखिएको छ। बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ। केही दिन अगाडि नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको यात्रु बस दाङको भालुवाङ राप्ती पुलबाट खस्दा १२ जनाको  ज्यान गएको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *