रसीद आलम,बिरगंज ,२१ माघ।
पर्सा प्रहरीले लागु औषध सहित एक जना मानिसलाई पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएका टोलीले चेकजाँचको क्रममा वीरगञ्ज महानगरपालिका वडा नं.२३ प्रसौनी टोल बस्ने वर्ष १८ को राकेश दास तत्वालाई नियन्त्रणमा लिएको छ।
शनिबार पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.२५ स्थित सडकखण्डमा संकाष्पद रूपमा पैदल हिडिंरहेका अवस्थामा १८ वर्षीय तत्वालाई खानतलासी गर्दा निजले कालो प्लाष्टिकको झोलामा लुकाई छिपाई राखिएको लागु औषध ओनेरेक्स(Onerex)३७ बोत्तल फेला परेको हुँदा उल्लेखित लागु औषध सहित निजलाई नियन्त्रणमा लिईएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी )कुमार बिक्रम थापाले जनाएका छन् ।
निज तत्वा विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको डिएसपी थापाले बताए ।