बारा प्रहरीद्वारा ३४ लाख बराबरको विभिन्न समान सहित ट्रक र पिकअपहरु पक्राउ।

समाचार

रसीद आलम,बारा,२२ माघ।

बारा प्रहरीले रु.३४ लाख ८७ हजार २ सय १८ बराबरको प्याज तथा किराना समान लोड रहेको ३ वटा ट्रक र ६ वटा पिकअप पक्राउ गरेको छ।

विशेष सूचनाको अधारमा माघ २० गते जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी ईकाइहरूबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा विल विजक भन्दा बढि लोड गरेको तथा स्रोत खुलाउन नसकेकोले गाडिहरू नियन्त्रणमा लिईएको बारा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी दधिराम न्यौपानेले जनाए।

जिल्ला प्रहरी कार्यालय बाराद्वारा जारी प्रेश विज्ञप्ती अनुसार ईलाका प्रहरी कार्यालय जीतपुरले बाराको जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.७ स्थित वीरगंजबाट पथलैया तर्फ जादै गरेकोग.१ ख ५९१४ नम्बरको मिनि ट्रकमा रु.३ लाख २४ हजारको ६००० किलो प्याज,ग.३ च ६४१३ नम्बरको पिकअपमा रु.१ लाख ५० हजारको ३००० किलो प्याज,म.प्र.२-०३-००१ च ३३०४ नम्बरको पिकअपमा रु.१ लाख ३५ हजारको २७०० किलो प्याज,म.प्र.०३-००१ च ७०९८ नम्बरको पिकअपमा रु.१ लाख ६७ हजार ७ सय ५० बराबरको ३०५० किलो प्याज,म.प्र.२-०३-००१ च ५६२५ नम्बरको पिकअपमा रु १ लाख ३५ हजारको २७०० किलो प्याज, बा.प्र. ०३-००१ च ०३०६ नम्बरको पिकअपमा रु.१ लाख ४१ हजार मुल्यको ३००० किलो प्याज, बा.प्र.०३-००१ च १९७२ नम्बरको पिकअपमा रु.१ लाख ३५ हजारको २७०० किलो प्याज र ना. २ख ९४२८ नम्बरको ट्रकमा रु.११ लाख ९२ हजार ९ सय ७४ बराबरको खुद्रा समान नियन्त्रणमा लिएको छ।

त्यस्तै,ईलाका प्रहरी कार्यालय अमलेखगंजले जीतपुर सिमरा उप-महानगरपालिका वडा नं. २१ मा वीरगंजबाट हेटौडा तर्फ जादै गरेको ना.६.ख.७९७२ नम्बरको ट्रकबाट रु.११ लाख ६ हजार ४ सय ९४ मुल्य बराबरको किराना समान पक्राउ गरेको डिएसपी न्यौपानेले बताएका छन् ।

उक्त सम्बन्धमा थप अनुसन्धान तथा आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको जानकारी जिल्ला प्रहरी कार्यालय बाराले दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *