पर्सा प्रहरीद्वारा करिब ३६ लाख बराबरको लत्ताकपडा तथा खुद्रा सामानहरू लोड रहेको ट्रक पक्राउ।

समाचार

पर्सा,२२ माघ।

पर्सा प्रहरीले बिल बिजक भन्दा बढी लत्ताकपडा तथा खुद्रा सामानहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको जनाएको छ।

सोमबार राती १:१० बजेको समयमा गण्डकचोकमा पक्राउ गरिएको सो ट्रकलाई आवश्यक कारवाही गर्न राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी )कुमार बिक्रम थापाले जनाएका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डकचोक स्थित सडकखण्डमा ना.३ ख ४७४९ नम्बरको मालवाहक ट्रकमा राजश्व छली चोरी गरी विल विजक भन्दा बढी मालबस्तुहरू लोड गरी वीरगञ्जबाट विराटनगरतर्फ जाँदै गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको चेकिङ टोलीले चेकजाँच गर्दा विल बिजक संकास्पद देखिएको हुँदा ट्रकलाई नियन्त्रणमा लिएको डिएसपी थापाले बताएका छन् ।

पक्राउ परेका सो ट्रकमा रु.३५ लाख ९२ हजार ५ सय ४० बराबरको कपडा तथा खुद्रा समानहरू लोड रहेको थियोे।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *