पर्सा प्रहरीको ठुलो सफलता,१०५ ग्राम खैरो हिरोइन सहित एक महिला पक्राउ।

समाचार

रसीद आलम,बिरगंज,२६ माघ।

लागु औषध खैरो हिरोइन सहित एक जना महिलालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

माघ २५ गते पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.२१ हनुमान चोक स्थित सडकखण्डमा जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी चौकी परवानीपुरका प्रहरी वरिष्ठ नायब निरीक्षक योगेन्द्र थापाको कमान्डमा खटिएको प्रहरी टोलीले वीरगञ्जबाट काठमाण्डौतर्फ जादै गरेको ना ६ ख ८९६८ नम्बरको सार्बजनिक बसलाई रोकी चेकजाँच गर्दा उक्त बसमा सवार एक महिलाको साथमा रहेको कालो हेण्ड ब्याग भित्र लुकाई छिपाई राखेको लागु औषध खैरो हिरोइन जस्तो  देखिने पदार्थ २० प्याकेटमा १०५ ग्राम फेला परेको हुँदा उल्लेखित लागु औषध सहित ती महिलालाई पक्राउ गरीएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी )कुमार बिक्रम थापाले जनाएका छन् ।

पक्राउ परेकी महिला पर्साको बिरगंज म.न.पा.वडा नं.२१ परवानीपुर बस्ने बर्ष ३० की फुलसन खातुन हुन।

खातुन विरुद्द लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भैरहेको डिएसपी थापाले बताएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *