पर्सा,२७ माघ।
नेकपा एमाले जगरनाथपुर गाउँ पालिका वडा न .२ जानकिटोलाद्वारा आयोजित अगुवा कार्यकर्ता भेला आज सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै बक्ताहरुले २०८४ सालको निर्वाचनमा एमालेले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बहुमतको सरकार बनाउन दाबी गरेका छन् ।
समृद्ध नेपाल सुखी नेपालीको महान लक्ष्य पुरा गर्न तथा राष्ट्रिय आकान्क्षा साकार पार्न नेकपा एमाले प्रतिबद्ध रहेको एमालेका सलाउदिन अहमदले बिश्वास ब्यक्त गरेका छन् ।
नेकपा एमालेको निति ,कार्यक्रम, दृष्टिकोण र कार्ययोजना प्रष्ट रहेको र देशले समेत एमालेबाट निति पाइरहेकोले २०८४ मा नेकपा एमालेको स्पष्ट बहुमत आउछ साथै पर्सा क्षेत्र न .४ मा नेकपा एमाले विजय हुन्छ नेता जालिम मिया मन्सुरले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बताएका छन् ।
कार्यक्रमको प्रमुख अतिथि पार्टिका नेता जालिम मिया मन्सुर विशिष्ट अतिथि बिरेन्द्र प्रसाद यादव ,सलाउदिन अहमद तथा अतिथिहरुमा कृष्ण मोहन यादव लगायतका नेताहरुको उपस्थिति रहेको थियोे । कार्यक्रमको अध्यक्षता मनोज केवटले गरेका थिए।