अवैध रूपमा ल्याइएको कुखुरा पर्सा प्रहरीद्वारा नष्ट।

समाचार

पर्सा ,२० बैशाख ।

अवैध रूपमा ल्याइएको कुखुरा पर्सा प्रहरीले बरामद गरि  नष्ट गरेको जनाएको छ । 

बैशाख १९ गते बिहान करिब १०:३० बजे पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–३, जमुनिया स्थित इलाका प्रहरी कार्यालय पटेर्वा सगौली र मातहत प्रहरी चौकी पाण्डेपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको अवैध कुखुरा बरामद गरेको छ।

बा.७प.८६३४, ना.२६प.२८८९, र ना.२३प.४७७८ नम्बरको मोटरसाइकलमार्फत करिब ९० वटा (अनुमानित १५० के.जी.) कुखुरा भन्सार छली गरी ल्याउँदै गरेको अवस्थामा प्रहरीलाई देखेपछि संलग्न व्यक्ति मोटरसाइकल र कुखुरा त्यहीँ छाडी फरार भएका थिए।

प्रहरीले नियन्त्रणमा लिएको कुखुरा पशु कोरेन्टाइन कार्यालय वीरगञ्ज, जनप्रतिनिधि, पत्रकार तथा स्थानीयको रोहबरमा नष्ट गरेको पर्सा प्रहरीले जानकारी दिएको छ।

अवैध तस्करी तथा जनस्वास्थ्यमा पर्ने असरका कारण यस्ता कार्यमा कडाइ गरिने प्रहरीले जनाएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *