रसीद आलम,बिरगंज ,१९ फागुन ।
पर्सा प्रहरीले लागु औषध गाँजा सहित एक जना मानिसलाई पक्राउ गरेको छ।
चेकजाँच गर्ने क्रममा लागु औषध गाँजा ६ के.जी.२०० ग्राम सहित बाराको परवानीपुर गाउँपलिका वडा नं.५ बहुअरी बस्ने बर्ष २६ को दिपक पटेललाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ।
फागुन १७ गते बेलुकी ३ बजेको समयमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.२७ रामपुर स्थित सडकखण्डमा अस्थायी प्रहरी चौकी उदयपुर घुर्मीबाट खटिएको चेकिङ टोलीले नहरको बाटो हुँदै डकैला बहुअरीतर्फ जाँदै गरेको म.प्र.०३-०२६ प ००९७ नम्बरका मोटरसाईकललाई रोकी चेक जाँच गर्दा मोटरसाईकल पछाडी बाँधिएको सेतो बोरामा कुहिएको दालभित्र लुकाइ छिपाइ राखिएको लागु औषध गाँजा ६ के.जी.२०० ग्राम फेला परेको हुँदा बाराका २६ वर्षीय पटेललाई पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी )कुमार बिक्रम थापाले बताएका छन् ।
निज विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको डिएसपी थापाले जनाए।