रसीद आलम,बिरगंज ,३ असार
सशस्त्र प्रहरी पर्साले १२ लाख हुण्डीको रकम सहित एक जना व्यक्तीलाई पक्राउ गरेको छ।
प्रस्तावित सीमा सुरक्षा गुल्म विरगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमान्डमा खटिएको टोलिले बिरगंज महानगरपालिका १६ चेकप्वाईन्टबाट बाराको जितपुर-सिमरा-७ बस्ने बर्ष ३८ को छठु महतो कोईरीलाई सो रकम सहित पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ।
भारतको रक्सौलबाट प्रदेश २-०३-०२० प ४२२२ नम्बरको मोटरसाइकलमा बिरगंज तर्फ आउदै गरेका कोईरीलाई चेकजाँच गर्दा निजले प्रयोग गरेको हेल्मेट भित्र लुकाई छुपाई राखेको श्रोत नखुलेको नेपाली रु.१२ लाख र बिभिन्न बैंकका चेकहरु फेला पारेको हुँदा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी देबेन्द्र बहादुर सिंहले जानकारी दिए।
रकम र मोटरसाइकल सहित कोईरीलाई आवश्यक कार्वाहिको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको डिएसपी सिंहले जनाए।
