सशस्त्र प्रहरी पर्साद्वारा करिब १८ लाख बराबरको भन्सार छलिका सामान बरामद।

समाचार

रसीद आलम ,बिरगंज ,३ असार।

सशस्त्र प्रहरी पर्साले रु.१७ लाख ८९ हजार १ सय ५५ बराबरको भन्सार छलिका विभिन्न सामान बरामद गरेको छ।

प्रस्तावित सीमा सुरक्षा गुल्म विरगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमान्डमा खटिएको टोलिले भारतबाट अबैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउदै गरेको रु.११ लाख५७ हजार ७५ बराबरको किराना सामान, कस्मेटिक, कपडा, मोटरपार्टस तथा हार्डवयरका सामानहरु बिरगंज महानगरपालिका १६ स्थित भन्सार मेनगेट वरपरको ईलाकाबाट असार २ गते बरामद गरेको छ।

डिएसपी रिजाल कै कमान्डमा सशस्त्र प्रहरीले असार २ गते बिरगंज  -८ लिङ्क रोडमा रहेको वी. एण्ड अरबिन्द ईन्टरप्राईजेजको गोदाममा छापामारी गरि ५ लाख बराबरको अबैध रुपमा भन्सार छलि भण्डारण गरि राखेको हार्डवयरका सामानहरु पक्राउ गरेको छ।

नियन्त्रणमा लिएको समानहरु आवश्यक कारबाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी देबेन्द्र बहादुर सिंहले जानकारी दिए।

त्यस्तै , बीरगंज -१ छपकैयाबाट बि.ओ.पि. सिर्सियाबाट खटिगएको टोलिले भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको रु.१लाख ३२ हजार ८० बराबरको कपडा र चप्पल नियन्त्रणमा लिई भन्सार बुझाईएको डिएसपी सिंहले जनाए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *