सशस्त्र प्रहरी महानिरीक्षक अर्याल द्विपक्षीय नवौँ समन्वयात्मक बैठक सकेर स्वदेश फिर्ता

समाचार

काठमाडौ ,१ मंसिर ।

सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी) राजु अर्याल सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच सम्पन्न द्विपक्षीय नवौँ समन्वयात्मक बैठकमा सहभागी भई कार्तिक २९ गते स्वदेश फर्किनुभएको छ।

नेपाल–भारत सीमावर्ती सुरक्षा, अपराध नियन्त्रण, तस्करी रोकथाम तथा दुवै देशका सुरक्षा निकायबीचको आपसी सहकार्यलाई थप प्रभावकारी बनाउन बैठक केन्द्रित रहेको बताइएको छ। बैठकमा सीमाक्षेत्रका चुनौती, संयुक्त गस्ती, सूचना आदान–प्रदान, आकस्मिक परिस्थिति व्यवस्थापन तथा दुवै पक्षका सुरक्षा प्रमुखबीचका दीर्घकालीन समन्वयका विषयमा विस्तृत छलफल भएको थियो।

बैठक सफलतापूर्वक सम्पन्न भई प्रतिनिधिमण्डलसहित महानिरीक्षक अर्याल स्वदेश फर्किनुभएको सशस्त्र प्रहरी बल, नेपालको जनसम्पर्क महाशाखाले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *