काठमाडौ ,१ मंसिर ।
प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सञ्जालमार्फत जारी गरेको सन्देशमा देशभर मतदाता नामावली दर्ता अभियान उत्साहजनक रूपमा अघि बढेको बताएकी छन्। उनका अनुसार हालसम्म बायोमेट्रिक्समार्फत दर्ता हुनेको संख्या ३ लाख नाघेको छ भने राष्ट्रिय परिचयपत्रमार्फत दर्ता भएकाहरू २ लाख २५ हजार पुगेका छन्।
उनले दर्ता प्रक्रिया अवधिभर केही प्राविधिक समस्या देखापरे पनि ती समस्याको समाधान क्रमशः भइरहलएको उल्लेख गरिन्।
प्रधानमन्त्री कार्कीले सबै नागरिकलाई आजै आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराउन आग्रह गर्दै समयमै दर्ता गर्नु लोकतान्त्रिक अभ्यासको मुख्य आधार भएको बताएकी छन्।
