पौने तीन लाख बराबरको अबैध कपडा सशस्त्र प्रहरी बाराको नियन्त्रणमा ।

समाचार

रसीद आलम,बारा,१९ फागुन ।

सशस्त्र प्रहरी बल नेपाल न.१२ गण बाराका मातहत बोर्डर आउट पोष्ट बरैनियाले २ लाख ७४ हजार ४ सय ५० रुपैयाँ बराबरको भन्सार छलिएका अबैध कपडा पक्राउ गरेको छ।

फागुन १८ गते बिहान् १० बजेको समयमा बाराको बिश्रामपुर गाँउपालिका वर्डा नं.५ ईटियाहिबाट बिआर ०५ टि ११०५ नम्बरको भारतीय मोटरसाईकलको प्रयोग गरी अबैध रुपमा लेडिज कुर्ती सेट, कोट, बाबा सर्ट पेन्ट सुट, सेन्डो गन्जी, केजुयल सर्ट, थान कपडा भारतबाट चोर तस्करी गरि नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बरैनियाले बरामद गरेको सशस्त्र प्रहरी बाराले जनाएको छ।

सशस्त्र प्रहरी सहायक निरीक्षक तपेश्वर कुमार रायको कमाण्डमा खटिएको गस्ति टोलिले सो तस्करीका अबैध कपडा बरामद गरी बिरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको बिओपी बरैनियाका सशस्त्र प्रहरी निरीक्षक दिपक थापाले बताए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *