पर्सा प्रहरीद्वारा ३ लाख बराबरको प्याज तथा कपडा बरामद ।

समाचार

बिरगंज ,१९ फागुन ।

भन्सार छली चोरी पैठारी गरी ल्याएको करिब ३ लाख ३ हजार ३ सय १० रुपैयाँ बराबरको प्याज तथा विभिन्न किसिमका लत्ताकपडाहरू पर्सा प्रहरीले बरामद गरेको छ।

विशेष सूचनाको आधारमा फागुन १८ गते दिउँसोको १२:३०बजेको समयमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.८ मिनाबजार स्थितमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएको प्याज अनाधिकृतरूपमा भण्डारण गरेकोमा प्राप्त सूचना अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले  खोजतलास गर्दै जाने क्रममा प्रहरी टोलीलाई देख्नासाथ सो प्याजहरू भण्डारण गरेको साहु भागी फरार भएको हुँदा १३३ बोरामा ५२२० के.जी. प्याज वेवारिसे अवस्थामा बरामद गरीएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी )कुमार बिक्रम थापाले बताएका छन् ।

त्यस्तै ,फागुन १७ वीरगञ्ज महानगरपालिका वडा नं.१६ ईदगाह चोकमा भन्सार छली चोरी तस्करी पैठारीका लुंगी-३ पिस,कुर्ता सुरवाल-८ पिस,तौलीया-१२ पिस,लेडिज कटु-१५५ पिस,मार्किन कपडा-७२ मिटर,अण्डरवेयर-९८ पिस ,होली कुर्ता-१०पिस,गमछा-५पिस र थान कपडा-३५० मिटर बरामद गरेको डिएसपी थापाले जनाए।

“बरामद गरिएको प्याज र कपडा आवश्यक कारवाहीको लागि हामी वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएका छौं”डिएसपी थापाले भनेका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *