बारा:२१ लाख अवैध रकम सहित हुण्डी कारोबारमा आरोपित ५ जना पक्राउ।

समाचार

रसीद आलम,बारा,२२ फागुन ।

(Advrts)

हुण्डी कारोबारमा संलग्न रहेका ५ जना व्यक्तिहरुलाई रु.२१ लाखको अवैध रकम सहित पक्राउ गरि बारा प्रहरीले सोमबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले फागुन १८ गते बाराको कलैया उप-महानगरपालिका वडा न.६अस्पताल रोडबाट भारत विहार राज्यको जिल्ला मोतिहारी थाना हरपुर पंचायत हरपुर ग्राम नायक टोलमा बस्ने शम्भु साहको छोरा वर्ष २९ को रंजित सरार्फले कुनै पनि बैंकको इजाजत पत्र नलिई भारतबाट नेपालमा अबैध रुपले रकम ओसार पसार गर्ने क्रममा निजको साथबाट लुकाई छिपाई ल्याएको ५ लाख रुपैया सहित पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ।

नियन्त्रणमा रहेका रंजित सरार्फसंग सोधपुछको क्रममा हुण्डी कारोबारमा संलग्न रहेका कलैया उ.म.न.पा.वडा न.७ मा बस्ने मोतजार मियाँ अंसारीको छोरा जिल्ला बारा कलैया उ.म.न.पा.वडा न.४ स्थितमा आसिफ मनि चेन्जरका संचालक वर्ष ३१ को कलामुदिन अंसारी र महागढीमाई न.पा.वडा न.१ मा बस्ने जलिल मियाँ अंसारीको छोरा सोही मनि चेन्जरमा कार्यरत वर्ष ३९ को मेराजुल हक अंसारीलाई पक्राउ गरी तिनै जना माथि बैंक तथा वित्तिय संस्था सम्बन्धिको कसूर मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी)दधिराम न्यौपाने जनाएका छन् ।

त्यसै गरी विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय छतवाका प्रहरी नायब निरीक्षक सोनु कुमार मिश्राको कमान्डमा खटिएको प्रहरी टोलिले फागुन २० गते दिउँसो ४ बजेको समयमा विश्रामपुर गाँउपालिका वडा नं. १ छतवा कलयाणपुर सिमानाकामा भारतबाट नेपाल तर्फ आउदै गरेको बिआर ०५ एआर ३५०९ नम्बरको भारतीय मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा नेपाली रु.१६ लाख ९ हजार सहित भारत राज्य बिहार, जिल्ला मोतिहारी, ग्राम स्यामपुर बस्ने वर्ष ४२ को कृष्ण लाल प्रसाद र राज्य बिहार, जिल्ला मोतिहारी, ग्राम अरेरा बस्ने वर्ष ४० को रबि शंकर सिंहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

निजहरुलाई नियन्त्रणमा लिई अनुसन्धान प्रकृया अगाडि बढाईएको डिएसपी न्यौपानेले बताए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *